धरान : जुनियर गल्फरहरुको धरानमा पहिलो पटक आयोजित 'प्रथम जुनियर सबिन कप' गल्फ प्रतियोगिताको उपाधि दीपेश श्रेष्ठले चुमेको छ । जर्मनीमा गल्फ प्रशिक्षक रहेका सबिन सापकोटाका नाममा प्रतियोगिता भएको छ ।

प्रतियोगितामा १६ जना जुनियर गल्फरहरु सहभागी थिए । प्रतियोगिताको उपविजेता सिद्धान्त सापकोटा बने । आयुष बास्फोर फस्ट रनरअप तेसिहाङ लिम्बू सेकेन्ड रनर अप घोषित भए । उनीहरूलाई वर्थ बोटल, टिसर्ट तथा गल्फमा प्रयोग हुने सामाग्री प्रदान गरियो ।

'प्रथम जुनियर सबिन कप' गल्फका विजेता ३ जनालाई सबिनले १ वर्ष सम्मको जुनियर सदस्य प्रदान गर्ने भएका छन् । गल्फर सबिनले जर्मनीमा पनि जुनियर गल्फरहरुलाई प्रोत्साहित गर्न सबिन गल्फ प्रतियोगिता गराएका छन् ।

जर्मनीमा ड्रोसडेन फ्लोरेन्स क्लबमा प्रोफेसनल गल्फ खेलाडी तथा प्रशिक्षक रहेको २५ औ वार्षिकोत्सवमा सबिनले सिलिभर जुवली सबिन गल्फ प्रतियोगिता पनि गर्ने भएका छन् ।

sabin-gulf-2