धरान : धरानका संस्थागत र सामुदायिक कलेजहरू बिच फुटसल प्रतियोगिता हुने भएको छ । पुस १९ र २० गते हुने अन्तर कलेज फुटसल धरान-८ स्थित हाम्रो फुटसलले आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको जानकारी दिन मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा टुर्नामेन्टमा धरानका संस्थागत तथा सामुदायिक कलेजका २५ टिम प्रतियोगितामा सहभागी हुने संयोजक सन्दीप गहतराजले बताए ।

प्रतियोगिताको समापनको अवसरमा ७ औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप २०२३ मा रजत पदक हासिल गरेका धरानका साहिल राईलाई सम्मान गरिने कार्यक्रम छ ।

प्रतियोगीताका विजेतालाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, फेयर टिम तथा म्यान अफ दि म्याचले समेत मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।