धरान : इसाईहरूको एलोहिम मण्डलीद्वारा आज बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा विराट मेडिकल कलेजका प्राडा. सिएस अग्रवाल, डा. रविन राई, डा. रोहित दाहाल र डा. श्याम सुन्दर यादवले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आएकाहरूले पिसाब सम्बन्धी, हाडजोर्नी, र चिसो मौसम हुने बिमारी सम्बन्धी रोगहरूको परीक्षण गराएको मण्डलीका अध्यक्ष खड्गबहादुर विश्वकर्माले बताए ।

स्टाफ नर्स समीक्षा ताम्राकारले शिविरमा बिरामीहरूलाई परामर्श प्रदान गरेकी थिइन् । शिविर विराट मेडिकल सेण्टर र मण्डलीको सहकार्य भएको हो । शिविरमा आएका बिरामीहरूलाई अन्य समयमा ल्याब परीक्षण गराउन आएका मेडिकल सेन्टरले ३० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताइएको छ ।

उक्त अवसरमा मण्डलीले सामाजिक कार्यहरू लोकसेवा तयारी कक्षा, रक्तदान कार्यक्रम गरिसकेको अध्यक्ष विश्वकर्माले बताए ।  प्राडा अग्रवालले स्वास्थ्य शिविरबाट समुदायमा स्वास्थ्य चेतना बडाउने कार्य पनि गर्ने बताए ।

आगामी दिनमा पनि सामाजिक कार्य गदै जाने बताए । विराट मेडिकल कलेज धरान शाखा इन्चार्ज ज्ञानदिप साहले कलेजले धरानवासीका लागि छुट सुविधा दिलाएको बताए ।

उनका अनुसार ओपिडीमा ५० प्रतिशत, विशेष ल्याब परीक्षणमा १० प्रतिशत, दैनिक ल्याब परीक्षणमा १५ प्रतिशत। युएसजी/ईकोमा २० र एक्स-रेमा २० प्रतिशत छुट दिएको छ ।

CS-agrawal