धरान : येले सम्बत ५०८४ नयाँ वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजित येले दोङ थ्री बाई थ्री खुला बास्केटबलको उपाधि मेघा कलेज र ब्रदर्श बास्केटबल टिमले चुमेको छ ।

भानुचौकमा शनिवार भएको प्रतियोगीयताको फाइनल खेलमा महिला तर्फ धरान मेघा कलेजले मिराकल बास्केटबल टिमलाइ ६-४ र पुरुष तर्फ ब्रदस ए टिमले ब्रदस बि टिमलाइ १२-९ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन् ।

स्ट्रिट बास्केटबलको रूपमा आयोजित यलेदोङ ओपन प्रतियोगिता नेपालमा पहिलो व्यस्त बजारको बिचमा भएको हो । प्रतियोगिता किरात राई यायोक्खा सुनसरीको सहयोगमा धरान बास्केटबल सङ्घले आयोजना गरेको हो ।

प्रतियोगितामा धरान, तरहरा, इटहरी, विराटनगर, बिर्तामोड बाट पुरुष ३० र महिला ९ गरी ३९ टिम सहभागी थियो । प्रतियोगिताका विजेता धरान मेघा र ब्रदस ए टिमले नगद १० हजार, ट्रली, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजाते मिराकल र ब्रदस बि टिमले नगद ५ हजार, ट्रली मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको एमभिपी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि महिला तर्फ धरान मेघाका डा.आशा राई र पुरुष तर्फ ब्रदस ए टिमका सर्बोधन राई घोषित भए । उनीहरूले जनही नगद दुई हजार ५ सय,ट्रली र मेडल प्राप्त गरे ।

समापनका सभापति सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, विशेष अतिथि धरान-१८ वडाध्यक्ष प्रवीण राई, धरान-१६ वडाध्यक्ष मुरारी भट्टराई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, मजदुर नेता अग्रज पत्रकार भिमज्वाला राई, इलाका प्रहरी डिएसपी नवराज मल्ला सुनसरी जिल्ला फुटबल सङ्घ अध्यक्ष नवीन राई, कृपा राई लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बिक्रम बेघाले गरेका थिए । समापनमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए ।

dharan megha and brothers winner 2