इटहरी : इटहरी उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरू माघ ५ गतेसम्मको लागि बन्द हुने भएका छन् । माघ २ गते प्रकाशित सूचना अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरि ३ गते बुधवार देखि ५ गते शुक्रवार सम्म विद्यालय बन्द गरिने भएको हो ।

तराई क्षेत्रमा बढ्दो चिसो र सितलहरको कारण बालबालिकाहरू प्रभावित भएकाले विद्यालय बन्दको आह्वान गरिएको सूचनामा उल्लेख छ । शिक्षा शाखा अधिकृत द्रोणप्रसाद दाहालद्वारा जारी सूचनामा सबै सामुदायिक, धार्मिक र बालविकास केन्द्रहरू बन्द गर्न आग्रह गरिएको छ ।

school banda notice