वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६७ औ वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस मनाएको छ । बुधवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह मनाएको हो ।

कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक  बिपिन रेग्मी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल, वडा नं ६ का अध्यक्ष उद्धव प्रसाद पोखरेल, वडा नं ८ का अध्यक्ष रोशन खड्का विशिष्ट अतिथि रहेका थिए ।

त्यस्तै राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, विद्यालयका संस्थापकहरू, पूर्व प्रधानाध्यापकहरू, पूर्व शिक्षकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाताहरूको गरिमाय आयिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम दाहालको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डीराज पोखरेलले विद्यालयको आर्थिक वर्ष २०७९/०८० को आय/ व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । २०१३ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै जेठो सामुदायिक विद्यालय मध्यको एक हो ।