वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.२ जब्दिमा रहेको नगरपालिकाकै कान्छो मध्यको एक सामुदायिक विद्यालय जलदेवी आधारभूत विद्यालयले आफ्नो २५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा कोशी प्रदेश सभाकी सदस्य माननीय ममता तामाङको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ला, आदर्श माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बू, कौशीका आधारभूत विद्यालयका प्रधानाध्यापक काशीनाथ बराल, बिपी आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गुरागाईँ, आदर्श माविका पूर्व प्रधानाध्यापक प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे, समाजसेवी मनोज पौडेल विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व अध्यक्षहरू, समाजसेवीहरू, चन्दादाताहरू, अक्षयकोष दाता लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक रूपमा रमिता कटवाललाई, सहयोगी संस्थाको रूपमा चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थालाई, सहयोगी व्यक्तित्व ग्रामीण समाज उर्थान केन्द्रकी कर्मचारी रंजिता राई र पुस्ता चौधरीलाई र असल अभिभावको रूपमा शान्ता राउत र शर्मिला भुजेललाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरकुमार राईले विद्यालयको आर्थिक वर्ष २०८९/०८० को आय/व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक विष्णुकुमारी राई र सिताराम बस्नेतले गरेका थिए । कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । २०५५ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै कान्छो विद्यालय हो ।