धरान : धरानका संस्थागत र सामुदायिक विद्यालयका प्लसका विद्यार्थी बिच आयोजित सुमेधा वक्तृत्वकला प्रतियोगीताको बुधवार भएको दोस्रो चरणबाट १० जना विद्यार्थी फाइनल चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिता र्याडीकल लाइट नेपालले आयोजना गरेको हो । फाइनलमा प्रवेश गरेकाहरूमा धरान उच्चकी स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिकाकी अनुस्का राई, युएन नबोदयकी स्नेहा निरौला र शीतल अधिकारी छन् ।
यस्तै मेघा हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदनकी जेनिसा राई, चन्द्र संस्कृतका सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय माविकी अनिशा कार्की छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
         
        
















 
         
        

















































 
         
         
        