वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम सूचीकृत सुनसरी जिल्लाकै प्रथम प्लस टु को कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयले आफ्नो ६८ औ वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस मनाएको छ ।

शुक्रवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य माननीय विजय राईको प्रमुख आथिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य जयकुमार राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल वराह बाहिनी पकलीका ४ नम्बर गणका प्रमुख लोकेश लिम्बू, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख तिलक प्रसाईँ, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, शिक्षा विकास, तथा समन्वय इकाई सुनसरी प्रमुख खगेन्द्रप्रसाद सुवेदी,  जिल्ला शिक्षा सुनसरीका पूर्व सहायक सचिव दुर्गाप्रसाद खतिवडा, वडा नं १ का अध्यक्ष किसन मगर, वडा नं २ का अध्यक्ष होम गौतम, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना, बिशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, विद्यालयका संस्थापकहरू, पूर्व प्रधानाध्यापकहरू, पूर्व शिक्षकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाताहरूको गरिमामय आयिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादब गौतमको  सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बुले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे जानकारी दिएका थिए । कार्यक्रममा लेखाका कर्मचारी महेश पराजुलीले विद्यालयको आर्थिक वर्ष २०७९/०८० को आय/व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत तथा छात्रवृत्ति समेत वितरण गरेको थियो भन्ने विद्यार्थीहरूले विज्ञानका सामाग्रीहरू समेत प्रदर्शनी गरेका थिए ।

विद्यालयले वार्षिकोत्सव समारोह एवम् अभिभावकको अवसरमा विद्यालयको विकासमा सहयोग पुर्याउने शिक्षा सेवी, पूर्व प्रधानाध्यापक, पूर्व अध्यक्ष तथा अक्षयकोष दाताहरूलाई सम्मानित गरेको थियो । सम्मानित हुनेहरूमा प्रतिनिधि सभाका पूर्व सदस्य जयकुमार राई, शिक्षा विकास, तथा समन्वय इकाई सुनसरी प्रमुख खगेन्द्रप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी नायब उपरीक्षक, जिल्ला शिक्षा सुनसरीका पूर्व सहायक सचिव दुर्गाप्रसाद खतिवडा त्यस्तै पूर्व प्रधानाध्यापकहरू बद्रिनारायण चौधरी, भुवननाथ दाहाल, आनन्दबहादुर श्रेष्ठ, प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे त्यस्तै व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री राउत, पूर्व शिक्षक तथा कर्मचारी भेषराज घिमिरे, इन्ददेब पण्डित, भरत भारती, जगतनारायण लालदास लगायत रहेका थिए ।

विद्यालयका शिक्षक उदय ठटालले सञ्चालन गरेको समारोहमा विद्यार्थी हरूले स्वागत मन्तव्य, नृत्य तथा शिक्षकहरूले नृत्य प्रस्तुत गरेका थिए । बि.स. २०१२ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै जेठो तथा प्रतिष्ठित सामुदायिक विद्यालय मध्यको एक हो ।

aadarsha bidhyalaya 2