धरान : जर्मन भाषा सिक्न चाहनेहरूका लागि जर्मन भाषा कक्षाको सुविधा अब धरानमै उपलब्ध भएको छ । काठमाडौँ स्थित एनएस ग्लोबल सोलुसन (प्रा) लिले धरानमा शाखा स्थापना गरी जर्मन भाषा कक्षा प्रारम्भ गरेको हो ।

धरान-३ सदन रोडमा खुलेको एसएन शाखाको आज शनिवार बिहान प्रमुख अतिथि कोशी प्रदेशका सांसद विजय राई र धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले गरेका छन् ।

उक्त अवसरमा सांसद राईले धरानमा पहिलो पटक जर्मन भाषा प्रशिक्षण केन्द्र खुलेकाले जर्मन भाषा सिक्न काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने ‘युवा जनशक्ति रेमिटान्स  भित्राउन बाहिर जानेहरूलाई सुविधा पुगे पनि शिक्षित युवा बिदेसिने प्रवृत्तिले देश पछाडि परेको छ।’

उपमेयर अइन्द्र विक्रम बेघाले धरानको अर्थतन्त्रको मुख्य श्रोत युके, अमेरिका, जापान ,जर्मन र खाडी मुलुक भएको बताउँदै भने ‘धरान रेमिटेन्सले धानेका सहर भएकोले विदेशमा हुने परिवर्तनका पहिलो प्रभाव धरानमा पर्ने गरेको छ ।’

सिक्ने सिकाउने उद्देश्यले खुलेको जर्मन भाषा कक्षाले कमाउन सक्यो भने त्यसलाई राम्रो भन्नु पर्ने बताए ।

एसएन ग्लोबल सोलुसन प्रालिका अध्यक्ष पूर्ण राईले जर्मन भाषा साथै अस्ट्रेलिया, जापान, साउथ कोरिया, युके क्यानडाको भाषाका कक्षा पनि सञ्चालन गरिने बताए ।

जर्मन भाषामा १० वर्ष प्रशिक्षण दिएर अनुभव प्राप्त जर्मन भाषा प्रशिक्षक सनक कुमार बस्नेतले धरानमा भाषाको प्रशिक्षण दिने अध्यक्ष राईले जानकारी दिए । 

एसएनको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । शाखा अध्यक्ष निरन श्रेष्ठ रहेका छन् । कार्यक्रममा धरान वडा ३ का सदस्य मिङ्मा भोटेले शुभकामना व्यक्त गरे । वडा ७ का सदस्य लगायतको उपस्थिति थियो ।