काठमाडौँ : ललितपुरमा मृत भेटिएकी जर्मन महिला हप्तामा दुई दिन मात्र अपार्टमेन्टमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१६ नाग बहाल स्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा अन्दाजी ५५ वर्षीकी एडेलहैड सेनेकेनबर्गर कोठामा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

करिब दुई वर्षदेखि उनी त्यहाँ एक्लै बस्दै आएको ललितपुर प्रहरी प्रवक्ता एवं एसपी नवराज कार्कीले जानकारी दिए ।

उनले भने, ‘हत्या नै भएको हो वा होइन अहिले भन्न सक्ने अवस्था छैन । अनुसन्धान गरिरहेका छौँ ।’

उनका अनुसार मृतक सेनेकेनबर्गर हप्तामा एक दुई दिन मात्र अपार्टमेन्टमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।