धरान : रङ्गशालामा जारी गोधुली रनिङकप फुटबल प्रतियोगितामा धरान वडा १८ बाट प्रतिस्पर्धा गर्ने फुटबल टिमलाई धरान-१८ वडा कार्यालयले सोमवार खेलकुद सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा सामग्री प्रदान गरेको हो । सामग्रीहरूमा ४० हजार रुपैयाँ बराबरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटबल छन् ।

धरान १८ की कार्यवाहक वडाध्यक्ष जमुना त्रिखत्री मोकतन, वडाध्यक्ष प्रविण राई, वडा सदस्य गिवन चाम्लिङ, कार्यालय सचिव धर्मराज पौडेल, समाजसेवी अजय राई टिमलाई उक्त सामाग्री प्रदान गरे ।

वडा १८ को फुटबल टिमलाई हेम गुरुङले प्रशिक्षण दिइरहेका छन् । टिमको व्यवस्थापक किशोर केरुङ छन् । खेल सामग्री सँगै कावा अध्यक्ष जमुना त्रिखत्रीले जितको शुभकामना दिएकी थिइन् ।

khel samagri pradhan 2