धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरमा वृद्धि गरिएको शुल्क घटाउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा मङ्गलवार तालाबन्दी गरेका छन् । 

क्याम्पसमा टाँसिएको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क घटाउन पटकपटक माग गरी वार्ता गर्दा समेत नघटाएकाले अनिश्चित कालिन तालाबन्दी गरिएको उल्लेख छ ।

विज्ञप्तिमा विद्यार्थी सङ्गठनहरूको नाम तथा हस्ताक्षर भएपनि सम्बन्धी सङ्गठनको छाप भने लगाएको देखिन्न । तालाबन्दी गर्ने सङ्गठनहरू अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरावियु (क्रान्तिकारी) लगायत विषयगत सङ्गठनहरूको नाम उल्लेख छ ।

hattisaar bigyapti