धरान : विश्वभर प्रेम दिवस भनेर मनाइने भ्यालेन्टाइन डेको दिन धरानमा चर्चित गायक विजय वाम्बुले राईले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

भ्यालेन्टाइन डे १४ फेब्रुअरी फागुन २ गते पर्दछ । उक्त अवसरमा विजय वाम्बुलेको धरानमा पहिलो साङ्गीतिक साँझ हुने भएको हो ।

१०० वटा गीत कम्पोज गरिसको दर्जन बढी म्युजिक भिडियो तयार गरेका विजयको सङ्गीतमा गायकी मेलिना राईले तिम्रै लाग्छ माया, मिलन नेवारले यो मनको प्यारो मान्छे र इन्डियन आइडलमा अहिले चर्चित मेनुका पौडेलले स्वर दिएका हाम्रो हुन्न कहिले मिलन गीतहरू चर्चित छन् ।

विजय वाम्बुले धरानका हुन् । धरान-११ का लोक आधुनिक गायक उनले चालिस वटा गीतमा स्वर दिएका छन् । प्रेम दिवस भ्यालेन्टाइन डेमा उनको एकल साँझ धरान-१५ वगरकोट स्थित विजिएन लाउन्ज एण्ड बारमा हुनेछ ।

युगल गीतमा उनलाई गायिका ज्योति सुनुवारले साथ दिनेछन् । साँझमा विजयले गाएका र सङ्गीत भरेका गीत सँगै एक दर्जन बढी युगल कभर गीतहरू प्रस्तुत गर्नेछन् ।