धरान : चौथो कोशी प्रदेश प्रकाश थापा स्मृति भलिबल प्रतियोगिता धनकुटाको शहिदभूमि गाउँपालिका वडा १ घंगरुमा सोमवार देखी सुरु भएको छ ।

प्रतियोगिता कर्तव्य पालनको क्रममा शाहदत प्राप्त गरेका प्रहरी नायव निरीक्षक प्रकाश थापाको स्मृतिमा सञ्चालन हुँदै आएको हो ।

प्रतियोगीताका विजेतालाई १ लाख रुपैयाँमा पुरस्कार प्रदान गरिने छ । कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिता गत: वर्ष नेपाल पुलिस क्लब रानी विजयी भएको थियो । सङ्खुवासभाको सभापोखरी गाउँपालिका उपविजेता रहेको थियो ।

यसपालि प्रतियोगितामा साबिक विजेता सहित धनकुटा, भोजपुर, सङ्खुवासभा, मोरङ र झापाका कुल १२ टिम सहभागी रहेको आयोजक सहिद प्रकाश थापा स्मृति ट्रष्टका अर्जुन थापाले बताए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल र समापन फागुन ५ गते हुनेछ ।

प्रकाश थापा स्मृति भलिबल धनकुटा जिल्लामा सञ्चालित भलिबलको सबैभन्दा ठुलो पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता सोमवार एक समारोहका बिच प्रमुख अतिथि सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले उद्घाटन गरेका हुन ।

गाउँपालिकाका उपाध्यक्ष रत्नसरी राई, वडाध्यक्ष रमेश कुमार राइको उपस्थितिमा भएको उद्घाटन समारोहको सभापतित्व ट्रष्टका अध्यक्ष दिलबहादुर थापाले गरेका थिए । सञ्चालन विजय घिमिरेले गरेका थिए।

प्रतियोगिता निर्णायक रेफ्रि कोशी प्रदेश रेफ्री सङ्घका अध्यक्ष विनय राई र भलिबलका प्रदेश रेफ्रि सिताराम गुरुङले सञ्चालन गरेका छन् ।

Dhankuta vallyball 2