वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिले सचिवालय गठन गरी कार्यालय सञ्चालन गरेको छ । 

सचिवालयको कार्यालय शुक्रवार नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह-अध्यक्ष रमेश कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रका प्रथम जगदगुरु एव कुम्भ मेलाका परिकल्पनाकार तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका अध्यक्ष वालसन्त मोहन सरण देवाआर्य, वडा नं २ का अध्यक्ष तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका उपाध्यक्ष होमप्रसाद गौतम, महासचिव ओमकुमार शर्मा शर्मा, प्रह्लाद भट्टराई, पूर्व वडाध्यक्ष सुरेश श्रेष्ठ, नेपाल शिक्षक सङ्घ वराहक्षेत्र सभापति गोकुल गुरागाईँ, जगदगुरु पिठमा सचिव उद्भव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिले सचिवालयका लागि कार्यालय सचिवमा चन्द्र मगर, अमर कट्वाल र प्राविधिक सहयोगका लागि सन्तोष चौलागाई र प्रकाश भट्टराईलाई चयन गरिएको महा-सचिव प्रह्लाद भट्टराईले जानकारी दिए । सचिवालयमा आवश्यक परे थप समेत गरिने उनले बताए ।

सचिवालयको कार्यालय स्थापनासँगै वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेलालाई थप व्यवस्थित, सफलसँगै भव्य तथा सभ्य रूपमा आयोजनाका लागि आवश्यक कामहरू अगाडि बढाइने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह-अध्यक्ष तथा नगर प्रमुख रमेश कार्कीले बताए । प्रचारप्रसार, निमन्त्रणा, सञ्चार, समन्वय, अभिलेख लगायतका काम सचिवालयले गर्ने यसका लागि आवश्यक निर्देशन समेत दिएको उनले बताए ।

चैत्र २७ गतेबाट हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेलालाई सफल बनाउन स्थानिय, प्रदेश र सङ्घीय सरकार लागि परेको नेपाल राष्ट्रका प्रथम जगद गुरु एव कुम्भ मेलाका परिकल्पनाकार तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका अध्यक्ष वालसन्त मोहन सरण देवाआर्यले बताए । राष्ट्रको गौरव र नेपालीको सानको रूपमा रहेको चतराधाममा आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेलालाई सहभागी हुन उनले आव्हान समेत गरेका छन् ।

नेपालको एक मात्र कुम्भ स्थलको रूपमा रहेको चतराधाममा ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् । भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।

maha kumba mela

maha kumba mela 2