धनकुटा : महालक्ष्मी नगरपालिका ४ स्थित चानुवा स्वास्थ्य चौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५३ जनाले स्वास्थ्य सेवा लिएका छन् । शनिवार भएको स्वास्थ्य शिविरमा धरान स्थित विजयपुर अस्पतालका चिकित्सकले १ सय ९० पुरुष र २ सय ६३ महिलाको स्वास्थ्य अवस्था जाँच गरेका हुन् ।

एक दिने स्वास्थ्य शिविरबाट महालक्ष्मी ३ र ४ नम्बर वडाका नागरिक लाभान्वित भएको वडाध्यक्ष शुक्रबहादुर बुढाथोकीले जानकारी दिए । स्वास्थ्य चौकी इन्चार्ज राजकुमार थापा अनुसार शिविरमा हाडजोर्नी तथा नशा, महिला स्वास्थ्य, आँखा र दन्त समस्या भएका नागरिकको सङ्ख्या उच्च थियो । दुवै वडाको बाल स्वास्थ्य समस्या भने सामान्य देखिएको छ ।

नगर प्रमुख धुर्बराज रायले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर पालिका भित्रका नागरिकलाई स्वास्थ्य सेवा दिँदै स्वास्थ्य सुधार गरेर जाने बताए । विजयपुर अस्पतालका सञ्चालक प्रभात खतिवडाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पहाडी भेगका गाउँमा समेत पुगेर स्वास्थ्य सेवा दिने कार्यलाई निरन्तरता दिने बताए ।

chanuwa swastha sibir 2