धरान : बेलायतबाट आउने गोर्खा सैनिक प्यारासुट रेजिमेन्ट टिम र धरान बास्केटबल टिम बिच भोली आइतबार मैत्रीपूर्ण बास्केटबल खेल हुँदैछ ।

सुनसरी जिल्ला बास्केटबल सङ्घको संयोजन तथा धरान १८ न. वडाको सहयोगमा यही फागुन १३ गते आइतबारको दिन मैत्रीपूर्ण खेल सम्पन्न हुन लागेको हो।

धरानको पूर्व गोर्खा सैनिक समुदायसँग सद्भाव अभिवृद्धिका लागि बेलायतबाट बास्केटबल टिम आउन लागेको पूर्व गोर्खा लेन्स कप्रोल सुवास राईले बताए ।

राईलाई बेलायत सरकारले मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ दि ब्रिटिस एम्पायर पदकका लागि घोषित पूर्व गोर्खा सैनिक हुन । उनकै संयोजनमा मैत्रीपूर्ण खेलका लागि बेलायतबाट टिम धरान आउन लागेको हो ।

टिममा धरान-११ का क्याप्टेन नवीन राईको नेतृत्वमा इन्जिनियर रेजिमेन्ट टिम वाट डव्लुओटु कोलिन किसन, एसएसजिटि उज्वल गुरुङ, सिपिएल प्रवेश राई, सिपिएल सुमन राई, सिपिएल भुवन थापा, एसपिइ व्रिजेस तुम्बाहाम्फे, पिटिइ ओवेद लिम्वु, एलसिपिएल सेनाङ राई, एलसिपिएल समाक लिम्वु र एलसिपिएल व्लियम लेमनल छन् ।

धरानको टिममा प्रदेश १ टिम क्याप्टेन विवेक श्रेष्ठ, कविन मगर, सव्रोधन राई, दिवस राई, सुसन श्रेष्ठ, सुजन राई, गौरव ओझा, साहिल तामाङ, योगेश राई, युवा राई, प्रथम राई र सुरज योन्जन रहेका छन् । मैत्रीपूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा हुँदैछ ।