धरान : बङ्गलादेशको राजधानी ढाका स्थित एक व्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा पनि ४३ जनाको मृत्यु भएको छ ।

हिजो बिहीबार राती १० बजेको समयमा भवनको एक रेस्टुराँमा भएको आगलागी ७ तले भवनमा फैलिएको थियो ।

बङ्गलादेशका स्वास्थ्य मन्त्री सामत लाल सेनले ढाका मेडिकल कलेजमा ल्याएकाहरूमा ३३ जना मृत घोषित गरिएको थियो । मृत्यु भएकाहरूमा महिला र बालबालिकाहरू छन् । ढाकाको मुख्य बर्न अस्पतालमा अन्य १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्री सेनले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । बीवीसीले स्थानीय ‘डेली बङ्गलादेश’ अखबारलाई उद्धृत गर्दै दिएको समाचार अनुसार उक्त भवनमा रेस्टुराँहरू, कपडा पसल, मोबाइल फोनको पसलहरू छन् ।

एएफपीले जनाए अनुसार भवनको तल्लो तलामा भएको आगलागीको धुवाँ र आगो बढेपछि माथिल्लो तलामा रहेकाहरू एकमाथि अर्को गर्दै तल्तीर झरेका थिए । भाग्नेहरू भवनको पानीको पाइपबाट समेत झरेको भूक्तभोगी सोहेल नामका एक रेस्टुराँ म्यानेजरले बताए ।

एक अर्को घाइते मोहम्मद अल्ताफले उनी एक फुटेको झ्यालबाट हामफालेर बाँचेको रोयटर्स समाचार एजेन्सीलाई बताए । भाग्नेहरू तल माथि गर्दै भागदौडमा किचिएर पनि धेरै घाइते भएको बताइएको छ ।

ढाकाको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले आगलागीको कारण जाँच  सुरु गरेको जनाइएको छ । घटनास्थलमा आपतकालिन सेवा सुरु गरिएको छ ।

bangladesh-fire-5bangladesh-fire-4bangladesh-fire-3