धरान : निकै प्रसिद्ध ब्राण्डको बियर खाँदा आइतबार धरानको एक रेस्टुराँमा जमेको लेदो भेटिएको छ ।

धरान-८ बरगाछि स्थित धरान किचनमा कार्लस्वर्ग बियरमा लेदो भेटिएपछि ग्राहकले होटेल सञ्चालक कृष्ण पाठकलाई देखाएका थिए ।सञ्चालक पाठकलाई ‘कपुरी’ले सम्पर्क गर्दा बियरको बोतलमा हावा पसेको हुन सक्ने बताए ।

बियरको बोतलमा बिर्को राम्ररी नलाग्दा हावा पसेको हो भने कम्पनीको लापरबाही हो कि रेस्टुराँको भन्ने बारेमा उनले केही बताएनन् ।