सुनसरी : बालबालिकालाई दादुरा, रुबेलाबाट मुक्त राख्न सरकारले सुरु गरेको अभियान सुनसरीमा पनि आइतबार देखी सुरु भएको छ ।

जिल्लाको सीमावर्ती गाउँबाट सुरु भएको खोप अभियानमा सुनसरीको हरिनगर गाउँपालिकामा ५ वर्ष मुनीका ५५१३ बालबालिका र ९ देखी १५ वर्ष समूहका स्कुले विद्यार्थी ११८५६ गरी कुल १७३६९ लाई खोप लगाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले ४४ वटा खोप केन्द्रबाट खोप दिन थालेको छ । अभियानका लागि स्वास्थ्य शाखामा १९३२ भाइल खोप आएको छ । १ खोप केन्द्रमा २ जना खोप लगाउने स्वास्थ्य सेवीका ३ जना स्वयंसेवक छन् ।

वडा १ मा ७ वटा खोप केन्द्र, २ मा ७ वटा, ३ मा ३ वटा, ४ मा ७ वटा, ५ मा ५ वटा, ६ मा ५ वटा, ७ मा ६ वटा समेत ४४ खोप केन्द्रको व्यवस्था छ ।

स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरका अनुसार खोप कार्यक्रमको प्रचार प्रसार माइकिङ तथा घरदैलो अभियानबाट समेत गरिएको छ ।

Harinagar Khop News 2