वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.११ मधुवनमा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ६३ औ वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस मनाएको छ ।

बिहीबार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ल, वडा नं ११ का वडाध्यक्ष कृष्णकुमार महतो विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यालयका संस्थापकहरू, पूर्व प्रधानाध्यापकहरू, पूर्व शिक्षकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाताहरूको गरिमामय उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र मण्डलको  सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद यादवले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे जानकारी तथा विद्यालयको आर्थिक वर्ष २०७९/०८० को आय/व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

२०१७ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै जेठो तथा प्रतिष्ठित सामुदायिक विद्यालय मध्यको एक हो । विद्यालयमा कक्षा १२ सम्म पठन पाठन हुने गरेको छ ।