वराहक्षेत्र : आठौँ स्थापना दिवसको अवसरमा सोमवार वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको दोस्रो वराहक्षेत्र नगर स्तरीय रोड रेस प्रतियोगितामा पुरुषतर्फ वराहक्षेत्र-७ का कुलबहादुर बस्नेत प्रथम भएका छन् । उनले निर्धारित १० किलोमिटरको दुरी ३८ मिनेट पार गर्न सफल भएका थिए । त्यस्तै ३९ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र-७ का सूर्य तामाङ दोस्रो, ४० मिनेटमा दुरी पार गर्दै वराहक्षेत्र-८  का दुर्गा खुलाल तेस्रो भएका छन् ।

प्रथम भएका कुलबहादुरले नगर १० हजार, दोस्रो भएका सुर्यले नगद ७ हजार, तेस्रो भएका दुर्गाले नगद ५ हजार सहित म्याडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै महिला तर्फ निर्धारित ५ किलोमिटरको दुरी २८ मिनेटमा पार गर्दै वडा नं ८ कि तुलना खड्का प्रथम हुन सफल भएकी छिन् । निर्धारित दुरी २९ मिनेट ५० सेकेन्डमा पार गर्दै वडा नं ७ कि रिना खङ्ग दोस्रो र निर्धारित दुरी ३३ मिनेटमा पार गर्दै वडा नं ८ कि लक्ष्मी राई तेस्रो हुन सफल भइन् ।

प्रथम भएकी तुलसा, दोस्रो भएकी रिना र तेस्रो भएकी लक्ष्मीले क्रमशः नगद ७ हजार, ५ हजार र नगद ३ हजार सहित म्याडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा सहभागी भएका ४० वर्षमाथि उमेर समूहबाट प्रथम भएका वडा नं २ का सूर्य तुम्बाहाम्फे, दोस्रो भएका वडा नं २ निलबहादुर विश्वकर्मा तेस्रो भएका वडा नं ४ विनोद चौधरी र प्रतियोगितामा कम उमेरकी वडा नं ७ कि रोजी भट्टराईलाई नगद सहित प्रमाण पत्र प्रधान गरिएको थियो ।

विजयी भएका खेलाडीहरूलाई नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, वडा नं १ का अध्यक्ष किसन मगर, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ४ का अध्यक्ष आशाराम चौधरी, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, नेपाली काँग्रेस वडा नं १ सभापति ईश्वर थापा, नेकपा एमाले वडा नं १ का अध्यक्ष कृष्ण कट्टेल, नेकपा माअबादि केन्द्र वडा नं १ का अध्यक्ष केबल राई, नेपाल शिक्षक सङ्घ वराहक्षेत्रका अध्यक्ष गोकुल गुरागाईँ लगायतले पुरस्कार वितरण गरेका थिए ।

साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिका घोषणा भएको दिनको अवसरमा स्थापना दिवस मनाउने निर्णय अनुसार तिन दिवससित कार्यक्रम अन्तर्गत रोड रेस (दौड) प्रतियोगिता आयोजना भएको हो । यस अगाडि नगरपालिकाले स्थापना दिवसको अवसरमा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ, दीप प्रज्बल लगायतको कार्यक्रम आयोजना गरेको थियो ।

वडा नं ४ को जमटोकिबाट कालाबजर, नहाड हुँदै वडा नं १ को खारखोला झन्डा चौकसम्मको १० किलोमिटर दुरी निर्धारण र महिला तर्फ वडा नं ३ नडाह चौकदेखि वडा नं १ खारखोला झन्डा चौकसम्मको दुरी निर्धारण गरिएको थियो ।

RoadRace barachetra 2080

RoadRace barachetra 2080 2