धरान : सार्वजनिक स्थलमा होहल्ला गरेको आरोप बिपीका डाक्टर रोशन कलवारलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले सार्वजनिक रूपमा सामाजिक सञ्जाल मार्फत पत्रकारलाई गाली गलौज गरी भौतिक आक्रमण गर्ने आशयको धम्की समेत दिदैं आएका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डाक्टर रोशन कलवारलाई सार्वजनिक स्थलमा होहल्ला गर्दै हुल लिएर सञ्चार माध्यमलाई गाली गलौज गर्न खोजेको अवस्थामा प्रहरीले भानुचौकबाट पक्राउ गरेको हो ।
कलवारले प्रतिष्ठानको नियमावली विपरीत कार्य गरेको विषयमा सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि कलवार सहयोगीसँग भानुचोकमा आएर गाली गलौजमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक स्थल भानुचोकमा धम्कीपूर्ण भाषामा गाली गलौज गर्ने कलवारलाई साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
                
                
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































