धरान : सुनसरीको धरान उपमहानगरपालिका-१८ स्थित घोपा क्याम्प परिसरमा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
घोपा क्याम्पमा निर्माणाधीन नयाँ भवन क्षेत्रको खोचमा शव फेला परेको हो । घाटीमा चोट लागेको अवस्थामा करिब १९ वर्षीय युवतीको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । ‘अन्तै हत्या गरेर यहाँ फ्याँकिएको हुनसक्छ,’ स्रोतले भन्यो ।
घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































