धरान : सुनसरीको धरान उपमहानगरपालिका-१८ मा हत्या गरिएको अवस्थामा फेला परेकी सुमना श्रेष्ठको दाहसंस्कार गरिएको छ ।

बुधवार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि इसाई धर्म अनुसार बिहीबार उनको दाहसंस्कार गरिएको हो । बाख्रा चराउन गएका एक व्यक्तिले सुमनाको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए ।

मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए ।

dharan hatya prakaran 3

dharan hatya prakaran 2