धरान : झापाको इलाका प्रहरी राजगढले चोरी भएको मोटरसाइकल ६ दिन पछि आइतबार चोर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार गत चैत्र २८ गते झापाको कचनकवल-१ घेरावारिबाट ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी भएको थियो ।

चोरीको मोटरसाइकल सहित फरार रहेका मोरङको उर्लाबारी-५ का ३० वर्षीय दीपक मर्डीलाई प्रहरीले आइतबार दिउँसो झापाको कन्काई-२ सेल्फी डाँडाबाट पक्राउ गरेको छ ।

चोरीको मोटरसाइकल सहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।