धरान : धनकुटामा आयोजित सातौँ खादले सिंहदेवी गोल्डकपको उपाधि धरानको पानबारी फुटबल क्लबले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा पानबारी फुटबल क्लबले धनकुटाको फाक्सीप क्लबलाई टाईब्रेकरमा पराजित गर्दै उपाधि हात पारेको हो ।

निर्धारित समय दुवै टिमले गोल नगरेपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा पानबारी फुटबल क्लबले ४-२ गोल अन्तरले उपाधि हासिल गरेको हो । पानबारीका मिलन लिम्बु, रोमन लिम्बु, सुनिल लिम्बु र दोर्जे तामाङको प्रहार गोलमा परिणत भएपछि पानबारी विजेता बन्यो ।

विजेताले पाउने नगद १ लाख ११ हजार १११ रुपैयाँ, सिल्ड, र प्रमाण पत्र पानबारीले हात परेको छ । उपविजेता फाक्सीप क्लब धनकुटाले नगद ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्‍यो ।

खेलको वेस्ट अफ म्याच अर्जुन लिम्बुले नगद ३ हजार सहित ट्रफि र प्रमाण पत्र, हाई स्कोरर मिलन लिम्बु, वेस्ट मीड फिल्डर, वेस्ट डिफेन्स सुमित मगर र वेस्ट प्लेयर नवीन भुजेल घोषित भए । उनीहरूले नगद २ हजार ५ को दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेता पानबारी फुटबल क्लबका अध्यक्ष भूपाल (कृष्ण कुमार) राईका अनुसार क्लब खेलाडी उत्पादन र क्षमता विकासको लागि २०८० सालमा दर्ता भएको हो । उनले भने, ‘क्लबले पहिलो वर्षमै गोल्डकपको उपाधि जितेर फडेको मागेको छ ।’