धरान : तेस्रो सुवास राई स्मृति कप अन्तर वडा सुपर-८ फुटबल प्रतियोगिताको शनिवार भएको लिग चरणको धरान-११ र धरान-१८ बिचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको छ ।

रोचक प्रतिस्पर्धापूर्ण खेलमा धरान-११  का बिक्कु राईले १ गोल गरे । धरान-१८ का सनक श्रेष्ठले १ गोल गरेर खेललाई बराबरीमा टुङ्ग्याए ।

खेलको म्यान अफ दि म्याच धरान-१८ का  गोलकिपर सुशन श्रेष्ठ घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग अन्य वडाको कुल १५ खेल लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

भोली आइतबार धरान-८ र धरान-५ बिच रोचक प्रतिस्पर्धापूर्ण खेल हुने आयोजकले जनाएको छ ।

man-of-the-match-day-2