धरान : तेस्रो संस्करणको हाम्रो धरान भेट्रान फुटबल कप प्रतियोगितामा आज सोमवार भएको उद्घाटन खेलमा दुहबी भेट्रानले मिल्स भेट्रानलाई ४-१ गोलले पराजित गर्‍यो ।

प्रतियोगितामा दुहबी भेट्रानका रुद्रबहादुर खड्काले २ गोल, सन्तोष कुमारले १ गोल, श्री नारायण भगतले १ गोल गरे । मिल्स भेट्रानका इन्द्र कुमार राईले १ गोल गरे ।

खेलको म्यान अफ द म्याच दुहबी भेट्रानका रुद्र बहादुर खड्का घोषित भए । नगद २ हजार सहित चेक बोर्ड  प्राप्त गरे ।

प्रतियोगिताको समूह 'क'मा दुधे भेट्रान, लखनपुर भेट्रान, उर्लाबारी भेट्रान, धरान भेट्रान फुटबल बिच प्रतिस्पर्धा हुनेछ । समूह 'ख' मा मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजरानी भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान बिच प्रतिस्पर्धा हुनेछ ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

भोली मङ्गलवार मेघा भेट्रान विराटनगर र आयोजक हाम्रो धरान भेट्रान क्लब बिच रोचक प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।