धरान : धरान रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको मङ्गलवार सम्पन्न सेमिफाइनल खेलमा दुधे भेट्रान २-१ गोलले धरान भेट्रान क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खेलमा दुधे भेट्रानका कृष्ण शाक्यले गरेको २ गोलले दुधेलाई फाइनल पुर्‍याएको हो । खेलको म्यान अफ दि म्याच पनि दुधे भेट्रानका रमेश गुरुङ घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित ६० मिनेटको खेलमा धरान भेट्रान क्लबका सतिश केसीले १ गोल गरे ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको बुधवार  हुने अन्तिम सेमिफाइनल खेल हाम्रो इटहरी भेट्रान र राजारानी भेट्रान क्लब  बिच हुने भएको छ ।