धरान : दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा धरान मेघा, आइएस, झापा र इमोर्टल क्लब विजयी भएका छन् ।

महिला तर्फ धरान मेघा, आइएसए नेपाल र इमोर्टल विजयी भए । पुरुष तर्फ झापा र इमोर्टल क्लब विजयी भए । महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लबलाई ४९-१०, आइएसए नेपालले तरहरालाई ४६-२ र इमोर्टलले इलुजन झापालाई २५-१५ अङ्कको अन्तरले पराजित गरे ।

महिला तर्फ लिग कम नकआउटको आधारमा सम्पन्न खेलको ए पोलमा आइएस ए नेपालले दुवै खेलमा जित निकाल्दै समूहको अगाडि रहेको छ । दुवै खेल खेलमा धरान मेघा कलेज र युवा जागृति क्लबले एक जित र एक हार नतिजा निकालेका छन् ।

तरहराले भने दुवै खेल गुमाएको छ । ए पोलका सबै टिमले एक/एक खेल खेल्न बाँकी छ । तरहराले भने दुवै खेल गुमाएको हो । महिला तर्फको वि पोल समूहमा भने १/१ खेल खेलेका रेड डेभिल्स र इमोर्टलले एक एक जित निकालेको छ । इलुजन झापा पराजित भएको छ ।

सोमवार हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आइएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापा सँग प्रतिस्पर्धा गर्नेछ । सोमवारको खेलको नतिजाले समूह ए र 'समूह वि'को विजेता र उपविजेता निर्धारण गर्नेछ ।

विजेता र उपविजेता निर्धारण भएपछि समूह एका विजेताले 'समूह वि'को उपविजेता र 'समूह विको विजेताले समूह एका उपविजेता सँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुरुष तर्फ झापाले केन्द्रीय प्रविधि क्याम्पस हातिसारलाई ३८-१७ र इमोर्टल क्लबले धरान मेघा कलेजलाई ६५-३९ अङ्कले पराजित गरेको छ । नकआउटको आधारमा भएको पुरुष तर्फ सोमवार युवा जागृति र तरहरा ए र तरहरा वि र होराइजन बिच खेल हुनेछ ।

प्रतियोगिता धरान बास्केटबल सङ्घको आयोजनामा भएको हो । प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ। प्रतियोगिता मुख्य प्रायोजन अल्फा विटा कोयला कन्सल्टेन्सी प्रालिले गरेको छ ।

प्रतियोगिता धरान-१६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा भइरहेको छ । प्रतियोगिता जेठ ४ गते समापन हुनेछ ।