धरान : सुन्दरी प्रतियोगिता मिस ग्राण्ड नेपालको लागि कोशी प्रदेशमा अडिसन सुरु गरिएको छ । आरके इन्टरनेन्टमेन ग्रुपले आयोजना गर्ने आयोजित सुन्दरी प्रतियोगिताको धरानमा सोमवार अडिसन गरिएको हो ।

धरान अडिसनमा ६ जना सहभागी भएको टप युनिभर्सलका प्रबन्धक प्रकाश लकान्द्रीले बताए । उनका अनुसार धरान अडिसन पुनः हुनेछ । धरानमा टप युनिभर्सलको सहकार्यमा अडिसन भएको थियो ।

यसअघि आइतबार इटहरीमा अडिसन भएको आरके इन्टरनेन्टमेन प्रबन्धक राम केसीले बताए । इटहरीमा ९ जना सहभागी भए । शनिवार भएको दमक अडिसनमा ७ जना सहभागी भए । दमक अडिसनको विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिने उनले बताए । 

उनका अनुसार अडिसनका सहभागीहरू मध्ये एक जनालाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । अडिसनको निर्णायकमा डा. एनएल राजवंशी, अलिम अन्सारी, सिवानी सुब्बा र लोकेन्द्र श्रेष्ठ थिए ।

प्रतियोगितामा सातै प्रदेशको अडिसनबाट २५ जना राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ ।