धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा कक्षाका क्याप्टेन र सहायक क्याप्टेन विद्यार्थीहरू बिच निर्वाचनबाट चयन गरिएको छ ।

शैक्षिक सत्र २०८१ मा कक्षा ४ देखि १० सम्म कक्षा क्याप्टेन, सहायक क्याप्टेन चयन गर्न चुनाव गराइएको हो ।

कक्षा-९ को क्याप्टेनमा निनाम्मा राई निर्वाचित भएकी छिन् भने सहायक क्याप्टेनमा आस्था उदास निर्वाचित भएको निर्वाचन संयोजक नयनराज राईले बताए ।

विद्यालय तहबाटै बालबालिकालाई मतदान सम्बन्धी ज्ञान प्रदान गर्न यस्ता अभ्यासले सहयोग पुग्ने शिक्षक सुवास मोक्तानले बताए ।

निर्वाचनमा उम्मेदवारी दर्ता, मतदाता शिक्षा, भोट माग्ने, लाइन बसी मतदान गर्ने, प्रतिनिधिहरू राखेर मत गणना गर्ने, बिच बिचमा नतिजा सार्वजनिक गर्ने जस्ता कार्य गरिएको निर्वाचन संयोजक राईले बताए । निर्वाचन समिति सदस्यमा पार्वती लिम्बु र प्रज्वलिता श्रेष्ठ थिइन् ।