धरान : दशैं, तिहारको स्कुल छुट्टीको दिन सदुपयोग गर्न धरान-१५ स्थिति हिविसकस इङ्लिस बोर्डिङ स्कुलले इच्छुक विद्यार्थीहरूलाई कार्यालयीय कागजपत्र लेखन तालिम प्रदान गरेको छ ।

स्कुलले विद्यार्थीहरूलाई कक्षाको कोर्ष बाहेक औपचारिक लेखनको एक हप्ते व्यावहारिक शिक्षाको तालीम दिएको हो । तालिम कार्तिक १७ देखि २३ गते बिहीबार सम्म सञ्चालन भएको हो ।

विद्यार्थीहरूलाई कार्यालयहरू आवश्यक औपचारिक निवेदनको ढाँचा, सङ्घ, संस्था, समूहको बैठक भेलाको माइन्युट, प्रस्ताव लेखन सम्बन्धी तालिम प्रदान गरिएको स्कुलका निर्देशक गङ्गाराम राईले बताए ।

उनका अनुसार तालिम शिक्षक सुवास मोक्तान, विकास कुमार शाहले दिएका थिए । समापनमा अभिमुखीकरण सम्बन्धी सहजीकरण पत्रकार तीर्थ कार्कीले गरेका थिए ।