धरान : अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा सहभागी हुनका लागि भएको छनौट चरणमा हिबिस्कस इङ्लिस स्कुल प्रथम स्थानमा चयन भएको छ ।

प्रतियोगितामा सहभागी २० लाई पछि पार्दै हिबिस्कस इङ्लिस बोर्डिङका कक्षा ११ कानुन संकायका छात्रा सुप्रिया तामाङ प्रथम भएकी हुन ।

एजुकेटर्स अफटीमिस्ट इन्टरनेशनल क्लब धरानको आयोजनामा भएको प्रतियोगितामा उपविजेता पनि हिबिस्कस इङ्लिस स्कुलकी छात्रा दिविका राई बनेकी छन् ।

प्रतियोगितामा एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान-१७ मा कक्षा १० की छात्रा सँगिना राई तेस्रो घोषित भइन् ।

क्लबका अध्यक्ष विजयसिंह थेबेले छनौट भएका विद्यार्थी अप्रिल १५ मा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बताए । राष्ट्रिय प्रतियोगितामा छनौट भए क्यानडामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्न पाउने छ ।

प्रतियोगितामा अङ्ग्रेजी शिक्षक नयन राई र अविगेल गुरुङ निर्णायक थिए ।