धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले नयाँ प्रवक्ता र सह-प्रवक्ता नियुक्त गरेका छन् ।प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा.अन्जु प्रधान नियुक्त भएकी छन् । उनी दोस्रो पटक प्रवक्ता नियुक्त भएकी हुन ।
यसैगरी सह-प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजीत कुमार नियुक्त भएका छन् । उनीहरूको कार्यकाल २०८१ जेठ १७ गते देखि २ वर्षको हुने तोकिएको छ ।
यसअघि प्रतिष्ठानको प्रवक्ता स्कुल अफ पब्लिक हेल् तथा कम्यूनिटी मेडिसिन विभाग प्रमुख प्रा.डा.पारस पोखरेल थिए । सह-प्रवक्ता पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुणकुमार सिंह थिए ।









































































