वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.८ मा रहेको सालवनी सितोरियो कराँते डोजोकी पवित्र मगरले भुटानमा हुने आठौँ संस्करणको दक्षिण एसियाली कराँते प्रतियोगितामा सहभागी जनाउने भएकी छिन् ।

गत जेठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा आयोजना भएको ५६औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्दै प्रदेश छनौटबाट पवित्रले भुटानमा जुलाई १३ तारिख देखि २० तारिकसम्म आयोजना हुने दक्षिण एसियाली कराँते प्रतियोगितामा छनोट हुन सफल भएकी सालवनी सितोरियो कराँते डोजोका प्रशिक्षक धनकुमार राईले बताए ।

प्रशिक्षक राईका अनुसार सालवनी सितोरियो कराँते डोजोबाट ५६औँ राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी भएका खेलाडी मध्ये पवित्र मगरले स्वर्ण प्राप्त गरेकी थिइन भने अमिता तामाङ र अञ्जलि धामीले रजत पदक प्राप्त गरेका थिए ।