धरान : धरान उपमहानगरपालिका वडा नम्बर १३ अमर बस्ती ९क०मा कोशी प्रदेश सरकारबाट निर्माण गरिएको ग्याविन जाली धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको हुकुमी निर्देशनमा नगर प्रहरी र मेयर साम्पाङ समर्थित समूहले ग्याबिङ जाली भत्काएको १३ नं वडा अध्यक्ष नेत्र काफले बताए ।
उनले खहरे खोला नियन्त्रण व्यवस्थापनका लागि जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कोशी प्रदेशको बजेटबाट १३ नं वडा स्थित अमर बस्ती (क)मा ग्याविन निर्माण गरिएको थियो । करिब ८२ मिटर लामो जाली मध्ये ३० मिटर हाराहारीमा निर्माण भएको ग्याविनलाई मेयर समर्थित समूह र नगर प्रहरीले मंगलबार साँझ भत्काएको बताएका छन् ।
उनले भने, 'देशमा २००७ सालमा राणा शासन अनत्य भएको थियो तर धरानमा ताजै रहेछ ।' प्रदेश सरकारले दिएको बजेटलाई स्थानिय सरकारका प्रमुखले नष्ट गर्नु कतिको कानुन मुताबिक छ भन्दै प्रश्न तेर्साएका छन् । मेयर साम्पाङ यहाँको राजा हुन र ?
सार्वजनिक सम्पत्ति तोडफोड गर्दा केही कानुन त होला नि
राज्य पनि निहिर भएर बस्ने अवस्था त छैन होला र ? प्रदेश सरकार पनि चुप लागेर बस्ने ?
कानुन पनि चुप लागेर बस्ने त होइन होला ?
मेयर साम्पाङले मंगलबार साँझ वडा र उपभोक्ता समितिलाई समेत थाहा नदिई छापामार शैलीमा आएर प्रदेश सरकारको बजेटमा बनेको संरचना भत्काइएको भन्दै वडा अध्यक्ष काफ्ले कानुनी उपचारको बाटोमा गएका छन् ।
वडा अध्यक्ष काफलेले आफूलाई विना कारण आरोप प्रत्यारोप लगाउने प्रकाश बुढाथोकीलाई इलाका प्रहरी कार्यालय धरानमा जाहेरी समेत दर्ता गरेको बताए । मेयर साम्पाङले अख्तियारमा आफैले जाहेरी दिएको र छानबिन नभै आफैले भत्काएर प्रमाण पनि नष्ट गरेकोले केही कुरा लुकेको उनले बताए । 'अख्तियारमा उजुरी हालिसकेपछि छानबिन नभै किन भत्काए ?’, उनले भने, 'यसमा कानुनी उपचारमा गएका छौ ।'
उनले हिजो बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका सिडिओ राम चन्द्र तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् भने आज बिहीबार इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानलाई जानकारी पत्र समेत पठाएका छन् ।
वडा अध्यक्ष काफलेले भने, ‘मैले जनताको हितमा काम गरेको हु, जनता घर र बस्ती जोगाउन जस्तो सुकै सजाय पनि भोग्न तयार छु । अमर बस्तीको जनता जोगाउन आफ्नै पहलमा प्रदेश सरकारबाट बजेट ल्याएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष राजु राईले मेयरले निरङ्कुश शैलीमा ग्याविन भत्काए सँगै तत्काल खोलामा बाढी आए जनताको चार घर कटान गरी घर जोखिममा पर्ने निर्माण बताए । अध्यक्ष राईले भने, 'मेयरले जनतालाई संरक्षण गर्नुपर्नेमा बनाएको ग्याविन भत्काएर उल्टै घर विहीन बनाउने काम गरे ।'
तार जाली काटेको फोटो र भिडियो आफ्नो फेसबुक पेज सेयर गर्दै मेयर साम्पाङले आइन्दा नहुने र नचाहिने काम नगर्नु भन्दै राती पोस्ट गरेका थिए ।
उनको पोस्ट पछि मात्र तार जाली काटिएको सार्वजनिक भएको थियो ।
मेयर साम्पाङले ग्याविन जाली काट्न आदेश दिँदा त्यस तर्फको मेयर साम्पाङले प्रदेशको बजेट दुरुपयोग गर्दै खोला मिचेर जाली लगाइएको, नगर र वडाको प्राविधिकलाई समेत जानकारी नदिएको भन्दै भत्काउनुपर्ने अडानमा थिए । वडा अध्यक्ष काफ्ले भने, 'वास्तविकता नबुझी एक जना महिलाको कुरा सुनेर र आफ्नो मान्छेको गलत ब्रिफिङ सुनेर एक्कासि भत्काउन डोजर पठाएका थिए ।'




































































