धरान : कोशी प्रदेश एसइई स्पिकर २०८१ प्रतियोगिताको उपाधि धरान-६ पानबारी स्थित शिक्षा सन्देश बोर्डिङकी छात्रा ममता तामाङले जितेकी छन् ।

१५ जना प्रतिस्पर्धीमा १४ जनालाई पछि पार्दै ममताले उपाधि चुमेकी हुन । उपाधिसँगै उनले २० हजार रुपैयाँ नगद, प्रमाणपत्र र प्लस टु पढाइमा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन् ।

प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुल चतराकी दिया राई फष्ट रनरअप भइन । उनले १५ हजार नगद, प्रमाणपत्र र प्लसटुमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । जेम आवासीय मावि धरान-१८ की क्याथरिन योन्जन सेकेन्ड रनर भइन् । उनले १० हजार नगद, प्रमाणपत्र र प्लस टुमा ६० प्रतिशत छात्रवृत्ति पाइन् ।

तरहरा स्थित जनसहयोग मावि इटहरीकी रेशिका शर्माले थर्ड रनर भइन् । उनले ५ हजार नगद, प्रमाणपत्र र प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति पाइन् । सब टाइटलहरूमा सहिद स्मृति माविकी जेलिशा पौडेल र झरना राईले बेस्ट प्रेजेन्टर र मस्ट ओबिडियन्टको उपाधि गरिन् ।

हिबिस्कस इङ्लिस बोर्डिङ धरान-१५का जनक शाह र चिल्ड्रेन एकाडेमिका सेनिता लिम्बुले बेस्ट प्रोनाउन्सेन र मस्ट पङ्चुअलको उपाधि पाए । सरस्वती मावि धरान-६ की जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृति लिम्बुले मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधि पाइन् ।

युएन स्कुल धरान-१० का प्रेम विश्वकर्माले मस्ट कोअपरेटिभ उपाधि जिते । भानु स्मृति मावि धरान-३ की निशा बराईली मस्ट फ्लुएन्ट भइन् । सियोन स्कुल धरान-१६ की सोनिया नेपालीले मस्ट सोसियल उपाधि पाइन् ।

बराहक्षेत्र कालाबन्जारको जडेज माविकी कन्चन पौडेल पब्लिक चोइस भइन् । ज्वालामुखी मावि धरान-१७ पटनालीकी बिबिका राई मस्ट डिसिप्लिन घोषित भइन् । सब टाईटलको उपाधि हासिल गर्ने बिद्यार्थीहरुले १/१ हजार नगद, प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति पाएका छन् ।

प्रतियोगिता र्‍याडिकल लाइट नेपाल प्रालि धरानले आयोजना गरेको हो । सहिद स्मृति माविको सभा हलमा भएको प्रतियोगिताको निर्णायकहरूमा उपप्राध्यापक राजेश विद्रोही र शिक्षक अशोक पोख्रेल थिए ।

प्रतियोगीमा २०८० सालको एसइई दिएर बसेका बिद्यार्थीहरुको बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले  आयोजना गरिएको अध्यक्ष तीर्थ कार्कीले बताए ।

प्रबन्ध निर्देशक हिमाल कार्कीको सभापतित्वमा भएको प्रतियोगितामा कोशी प्रदेश योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि थिए । पत्रकार महासङ्घ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, प्रधानाध्यापक राम बिष्ट, एसइई स्पिकर २०८० कि विजेता एन्जिला कार्कीले प्रतियोगिताको महत्वका बारेमा बताए ।

प्रतियोगिताको पहिलो अडिसनमा कोशी प्रदेशका १७३ बिद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ ।

see-speaker-1