धरान : सरस्वती पूजाको दिन बालबालिकाहरूमा सिर्जनात्मक कुराप्रति अभिप्रेरणा जगाउन धरान-६ पानवारी स्थित शिक्षा सन्देश सेकेण्डरी बोर्डिङ स्कुलले बुधवार कला प्रदर्शनी सहित पूजा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदर्शनीमा स्कुलको बिद्यार्थीहरुका सिर्जनात्मक कलाहरू प्रदर्शनका लागि राखिएका थिए । सोही अवसरमा बिच स्कुलले अक्षरारम्भ गराउन ल्याइएको बालबालिकाहरूलाई निःशुल्क भर्ना कार्यक्रम गरिएको प्रिन्सिपल सुनिल सुवेदीले बताए ।

बालबालिकालाई सरस्वती पूजाको दिन अक्षरारम्भ गराउँदा साइत मानिन्छ । नयाँ कार्यको थालनीका लागि पनि वसन्त पञ्चमी उक्त साइत मान्ने गरिएकोले अभिभावकहरूको सहभागिता पनि उत्साहवर्धक रहेको सहायक प्रिन्सिपल समीर चौलागाईले बताए ।

sikshya-sandesh-2 3sandesh-2saraswati-pooja 1