विराटनगर : निकै लामो समय पछि विराटनगरमा पहिलो पटक भएको कोशी प्रदेश भारोत्तोलन प्रतियोगीतामा ३ वटा तौल समूहमा मोरङका राजवंशीत्रयले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको ५५ केजी समूहबाट मोरङका अजित राजवंशी प्रथम भएका छन् । ७३ केजी समूहमा मोरङकै पियुष राजवंशी र ८१ केजी समूहमा मोरङकै कपिलेश्वर राजवंशी प्रथम भएका हुन ।

प्रतियोगितामा ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम र ८९ केजी समूहमा झापाका प्रसिद्ध भक्त राजलवट प्रथम भएका छन् ।

प्रतियोगिता कोशी खेलकुद विकास बोर्डको आयोजना गरेको हो । प्रतियोगिताको संयोजन जिल्ला खेलकुद विकास समिति मोरङले गरेको थियो ।

पहिलो पटक भएको कोशी प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगितामा  प्रदेशका ५ जिल्ला सहभागी थियो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई नगद २५०० पुरस्कार प्रदान गरिएको थियो ।

दोस्रोलाई २००० र तेस्रोले १५०० रुपैयाँ प्रदान गरियो । विजयी खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले पुरस्कार प्रदान गरे ।