धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको १ जनाको घाइते अवस्थामा उद्धार गरिएको आधिकारिक रूपमा पुष्टि गरेको छ ।

प्राधिकरणद्वारा प्रकाशित प्रारम्भिक प्रेस विज्ञप्ति-१ मा बिहान ११:११ मा काठमाडौँबाट पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिने तिर मोडिन गई रनवेको पूर्व तिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको उल्लेख छ ।

दुर्घटनामा पाइलट र को-पाइलट सहित १९ जना सवार थिए । घाइते अवस्थामा उद्धार गरिएकामा विमानका पाइलट मनिष शाक्य भएको मिडियाहरूले प्राधिकरणको श्रोत उल्लेख गर्दै समाचार दिएको छन् ।

विमानमा रहेकाहरूमा अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अरेफ रेडा रहेको समाचारमा उल्लेख छ । 

विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

दुर्घटना भएको जहाज सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जानका लागि उडान भरेका बताइएको छ ।

Bimaan Durghatna bigyapti

Bimaan Durghatna names