धरान : ताप्लेजुङ श्रीजंगा गाउँपालिका-२ का २७ वर्षीय विशाल लिम्बुलाई प्रहरीले काँकडभिट्टामा आइतबार ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ मा चेकजाँच गर्दा १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१५ बाट कानेपोखरीका २१ वर्षीय राहुल चौधरीलाई लागुऔषधी नाइट्राजापाम ट्याब्लेट २०० चक्की सहित पक्राउ गरेको छ ।