धरान : धरानमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सञ्जीवनी फुटसल प्रतियोगिताको तयारी प्रायः पुरा भएको छ । प्रतियोगिता पर्सी बिहीबार देखी धरान–१६ स्थित बि बि फुटसल हुनेछ ।

प्रतियोगिता धरान–१३ स्थित सञ्जीवनी केन्द्रले आयोजना गरेको हो । अध्यक्ष सम्पूर्ण ताम्राकारले आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा तयारीबारे जानकारी दिदैं प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको बताए ।

प्रतियोगिताको तेस्रो संस्करण ३ दिन असोज ५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगीतालाई पारदर्शी बनाउन अनलाइन लाइभ प्रसारण गरिने बताइएको छ ।

प्रतियोगितामा ओपन रिकभरिड टिम भेट्रान टिम र महिला टिमको अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै विधामा कुल २४ टिम सहभागी हुने निश्चित भएको छ ।

ओपन रिकभरिङ्गतर्फ १४, टिम भेट्रान रिकभरिङ्गतर्फ ७ टिम र महिला रिकभरिड्रङ्गतर्फ २ टिम बिच प्रतिस्पर्धा हुने अध्यक्ष ताम्राकारले बताए । उनका अनुसार भेट्रान टिममा ४० वर्ष उमेर पुगेका २ जना र बाँकी खेलाडी ४० वर्ष माथिका हुनेछ  प्रतियोगितामा धरान, बेलबारी विराटनगर, मोरङ, चितवन, काठमाडौँ भारतको सुलिगुडी, सिक्किम दार्जिलिङ, गान्तोक लगायतका टिमले सहभागी हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन खेल भारतको रिकभरिड्ङ्ग नर्थ सिक्किम र रिकभरिङ्ग बेलबारी बिच हुनेछ ।

प्रतियोगिताको विजेतालाई प्रथम नगद पुरस्कार ओपन रिकभरिडतर्फ २ लाख रुपया प्रदान गरिने छ । दोस्रो पुरस्कार नगद १ लाख ट्रफि, मेडल र प्रमाण रहेको छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार दोस्रो ३० हजार र तेस्रो २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ । महिलातर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार, ट्रफि,मेडल र प्रमाणपत्र हुनेछ ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी ओपन रिकभरिङ प्रतियोगितातर्फ सेमिफाइनल देखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो ।

२०६५ सालमा स्थापित केन्द्र धरान–१३ मा सञ्चालित छ । केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाडौँ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनीमा फसेका २०००  भन्दा बढी युवाहरूलाई परामर्श तथा सेवा प्रदान गरेको छ ।प्रतियोगिताको उद्घाटन समारोह कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत पर्शुरामको प्रमुख आतिथ्ययतामा हुने बताइएको छ ।