धरान : देशभर एकैसाथ रिलिजकै पहिलो दिन धरानमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ‘खुस्मा’ हेर्ने दर्शकहरूको भिड देखियो । आज बिहीबार पहिलो सो धरानका दर्शकहरूले हल खचाखच भरिएको थियो ।

चलचित्रका मुख्य कलाकारहरुसँगैै बसेर सिनेमा हेर्न पाउँदा दर्शकहरू निकै उत्साहित देखिए । दर्शक दीर्घामा मुख्य कलाकारहरू विजय सुब्बा, धिरज मगर, सुजता राई दर्शकहरुसंगै थिए ।

चलचित्रमा विजय सुब्बा ‘खुस्मा’को बुवाको भूमिकामा छन् । सुजाता विजय र धिरजकी आमाको भूमिकामा छिन् । मुख्य कलाकारहरू धरानकै हुन ।

चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन । धिरज र उपासनाका साथै चलचित्रमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), राज थापा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरले अभिनय गरेका छन् । चलचित्र ‘खुस्मा’ नेपालको चलेको १० बर्से द्वन्द्वकालमा विद्रोही पक्ष र राज्य पक्षबाट भएको बेपता, शहीद, अङ्गभङ्ग भएकाहरूले अझै पनि न्याय नपाएको कथामा आधारित छ ।

द्वन्द्व प्रभाव र सांस्कृतिक विषय बस्तुलाई ध्यान दिएर निर्माण गरेको ‘खुस्मा’को निर्देशन पक्ष उत्तम छ । मगर जातीमा रहेको परम्परागत वैवाहिक र प्रेम सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रको ७० प्रतिशत छायाङ्कन रुकुम पूर्वको मैकोट र आसपासमा गरिएकोले त्यहाँको सुन्दर भूगोल, मौलिक भाषा, कला, संस्कृति र जीवनशैलीलाई उतारिएको छ । गीत रुकुम मैकोटले करोडौँ भ्युज पाएको छ । यही गीतका कारण पनि चलचित्र अहिले फिल्म जगतमा चर्चित छ ।

चलचित्र ‘खुस्मा’को निर्देशन अशोक थापाले गरेका हुन । वितरक कुबेर सिने डिस्ट्रिब्युटर्स रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर रेका छन् । सह-निर्माता मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन । कार्यकारी निर्माता मोहन राई हुन ।

khusuma-1