धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको शनिवार सम्पन्न निर्वाचनमा नवराजकुमार देव कुल ४५५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जमुना वनले २९३ मत प्राप्त गरिन् । अध्यक्षका अन्य प्रत्याशी दिवस पन्थले २५५, कृष्णकुमार यादवले १४६, दीपेशकुमार सिंहले १०५ र धिरज उदासले १८ मत पाए ।

१९ सदस्य कार्यसमितिको महासचिव सुविनकुमार साह निर्विरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा ६३७ मत प्राप्त गरी मोहम्मद महमुद नुरी विजयी भएका । उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५७६ मत पाए ।

जुनियर रेजिडेन्ट उपाध्यक्षमा डा. विशाल गुरुङ निर्विरोध निर्वाचित भए । एमबिबिएस उपाध्यक्ष सदिच्छा न्यौपानेले ६३१ मत प्राप्त गरी विजयी भइन् । विडिएस उपाध्यक्ष नगेन्द्र यादव ४९५ मत प्राप्त गरी विजयी भए । नर्सिङ उपाध्यक्ष कान्तिपुर बास्तोला ७१९ मत प्राप्त गरी विजयी भइन् ।

सचिवमा रामउद्गार साह ६५४ मतले विजयी भए । कोषाध्यक्ष हार्दिक गोयल ६९४ मत प्राप्त गरी विजयी भए ।

सदस्यहरूमा विडिएस तर्फ अर्जुन यादव १४२, विजयकुमार यादव १२०, सुदिप सोनी ११५ मतले विजयी भए । नर्सिङ तर्फ गोत्री नाथ १००, सकृला घले गुरुङ १७० मतले विजयी भइन् ।

लाइट साइन्स तर्फ सतरोहन यादव ४६ मतले विजयी भए । एम पिएच तर्फ जीवननारायण कुमार चौहान र बेसिक साइन्स नर्सिङ रचना पुरी निर्विरोध निर्वाचित भए ।

जुनियर रेजिडेन्ट तर्फ डा. तरन्नुम वान, डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ भविष्य विष्ट ३३३, सन्दीप विक ३२०, यतेन्द्र यादव २८४, प्रवीण भट्टराई २४६, मोहम्मद असररुल अन्सारी २४४ मतले विजयी भए ।

निर्वाचन आयुक्त प्रा.डा. समसेर श्रेष्ठले विद्यार्थी समाजमा कुल १६ सय ७० मतदाता मध्ये १२ सय ७८ मते खसेको जानकारी दिए ।