धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको विद्यार्थी कल्याण समाजको अध्यक्षमा ओम शान्ति रजक निर्वाचित भएका छन्। 

प्रतिष्ठानको सिनेटले पारित गरेको विधान अनुसार सम्पन्न निर्वाचनमा समाजको वरिष्ठ उपाध्यक्षमा यादव अर्याल, उपाध्यक्ष (जुनियर रेसिडेन्ट ) मा डा.अच्युत शर्मा न्यौपाने, उपाध्यक्ष (एमबिबिएस) एञ्जिला कुँवर, उपाध्यक्ष (बिडिएस) मिरादेवी आचार्य, उपाध्यक्ष (नर्सिङ) अमिशा बराइली निर्वाचित भएका छन् । यस्तै, महासचिवमा सलमान हैदर हुसेन, सचिवमा जमुना वन र कोषाध्यक्ष सुदर्शन साह निर्वाचित भएका छन् ।

यसैगरि, सदस्यहरूमा (जुनियर रेसिडेन्ट) डा. पवन उपाध्याय, डा. मनोज आचार्य, डा. निराजन पराजुली निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यमै (एम बी बी एस) अमित कुमार, सागर कार्की, सिद्धार्थ साह, मृणांक यादव, गीवर्ण पाण्डे, दिवेश कुमार मण्डल, (बीडीएस) दिवस पन्त, सुयोग झा, रमेश बहादुर बुढा, (नर्सिङ)अपेक्षा उप्रेती, माधव सर्राफ, सदस्य (एलाईड साइन्स) शान्तिराम तिम्सिना (एम पी एच) मिलन घिमिरे चयन भएका छन् । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आइतबार प्रतिष्ठानको अडिटोरियम हलमा पदस्थपना तथा शपथग्रहण समेत गरिएको छ । शपथ ग्रहणमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विजयी विद्यार्थीहरूलाई बधाई एवं शुभकामना दिएका थिए । निर्वाचन समितिका अध्यक्ष डा. शमशेर श्रेष्ठले निर्वाचित सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगीहरूलाई  धन्यवाद ज्ञापन गरेका थिए । 

विगत लामो समय देखि हुन नसकेको विद्यार्थी कल्याण समाजको निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको जनाइएको छ । हरेक २-२ वर्षमा सम्पन्न हुनुपर्ने निर्वाचन ७ वर्षपछि मात्र सम्पन्न भएको हो ।