धरान : प्रहरीले उदयपुर जिल्लामा पर्ने कोशी किनार बेलका नगरपालिका-८ बाट बिहीबार ५५ केजी बेवारिसे गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोकशिलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

यसैविच मेचीनगर-१० की नाजेरा खातुनलाई प्रहरीले २२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी झापाको प्रहरी टोलीले पक्राउ गरेको हो ।