धरान : तिहारको बेला लागूपदार्थ ब्राउन सुगर मोटरसाइकलमा लिएर हिँड्नेलाई धरानमा वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

धरान-२ भानुचौकबाट हिजो बिहीबार साँझ पक्राउ पर्नेमा मोरङको केराबारी-५ का १८ वर्षीय आकाश लिम्बु छन् ।

बा ८० प १२२३ नम्बरको मोटर साइकलमा ३४० मिलिग्राम लागुऔषध ब्राउन सुगर लिएर तिहार मनाउन हिँडेका उनलाई धरानमा पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी बेलका नगरपालिका-८ हात्तिसुडेबाट प्रहरीले २५ केजी गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ठ कोठु उदयपुरको प्रहरी टोलीले बिहीबार दिउँसो गाँजा बरामद गरिएको हो ।